प्रधानमन्त्री निवासमा योगाभ्यास [तस्वीरहरु]

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भव्य रुपमा योग दिवस मनाइएको छ । राष्ट्रिय योग दिवसका अवसरमा त्यहाँ बिहीबार योगाभ्यास कार्यक्रम आयोजना गरिएको हो ।

दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी छन् ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ । दिवसको पूर्वसन्ध्यामा ओलीले एक सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको महत्व र सान्दर्भिकता बढेको बताएका थिए ।

|योगाभ्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अन्य अधिकारीहरु। तस्वीरः प्रधानमन्त्री सचिवालय|

प्रतिक्रिया