जागिर लगाइदिन्छु भन्दै ४३ जनाबाट ईसेवामा पैसा डिपोजिट गर्न लगाई फरार रहेका एक पक्राउ

काठमाडौं । फेसबुक पेज बनाई जव भ्याकेन्सी गरेर ठगी गर्दै आएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौं काँडाघारी बस्दै आएका २३ वर्षीय शिव खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्काले जव भ्याकेन्सीको फेसबुक पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी ४३ जनाबाट इसेवा मार्फत प्रतिव्यक्ति १५ सय देखि ३५ सयसम्म डिपोजिट गर्न लगाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्ता प्रलोभन देखाई युवाहरुलाई ठग्दै पैसा अशुल गरी फरार रहेका खड्कालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।

प्रतिक्रिया