राजश्व कार्यालय बालाजुका एक कर्मचारी ४३ हजार घुससहित रंगेहात समातिए

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय बालाजुका एक कर्मचारी ४३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व कार्यालय बालाजुका कम्युटर अपरेटर राजन शर्मालाई उक्त रकम बराबरको घुससहित पक्राउ गरेको हो ।

शर्मालाई टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा बनस्थलीका सञ्चालक सन्तोष थापा मगरसँग कर तिर्न सजीकरण गरिदिएबापत ४३ हजार अतिरिक्त रकम लिँदै गर्दा नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

घुस लिने शर्मासँगै घुस दिने थापालाई पनि उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया