‘यउटा यस्तो प्रेम कहानी’को ट्रेलर रिलिज

काठमाडौं । अभिनेता शिव श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘यउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र प्रदर्शनको दुई दिन पहिला ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ ।

लभस्टोरी र एक्सन ड्रामामा कविता र शक्तिसँगै शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

यहीँ चलचित्रबाट करिष्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र संयोग दर्शनधारीले अभिनयमा डेब्यू गरेका छन् । यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशक गरेका हुन् ।

ट्रेलर:

प्रतिक्रिया