ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्नु हुँदैन : ऊर्जामन्त्री

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताएका हुन् ।

विद्युत खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकोले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उनकाे भनाइ छ । एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनी बताउँछन् ।

ऊर्जा मन्त्री रायमाझीले बेला-बेलामा विद्युत जाने समस्या विद्युत भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युतको अपर्याप्तताका कारण विद्युत काटिएको नभइ पुरानो संरचनाका कारण बेलाबेला जाने गरेको उनले बताए ।

उनले पार्टीकाे आन्तरिक विवादका बारेमा पनि आफ्नो धारणा राखे । देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्दाहरु नै गुम्ने स्थिति आएका कारण मध्यावधि निर्वाचनमा उनी बताउँछन् । देशको परिवर्तनको रक्षा गर्न निर्वाचन आवश्यक रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया