मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न समान्यको निर्देशन (पत्रसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न निर्देशन दिएको छ । मन्त्रालयले पुष १४ को मन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ को दफा १३ बमोजिम काम गर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।

मापदण्डको दफा ४ को उपदफा ४ बमोजिम करारमा नियुक्ति गर्दा अन्य कानुन÷निर्देशिका वा मापदण्डले अन्यथा व्यवस्था गरेकोमा बाहेक स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी गर्न सकिने मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

यस्तै मापदण्डको दफा ६ को उपदफा ५ बमोजिम अत्यावश्यक विषयमा थप आर्थिक दायित्व सिर्जना हुनेगरी वा खाइपाई आएको भत्ता वा सुविधा थप हुनेगरी निर्णय गर्नुपरेमा स्थानीय तहअन्तर्गतको सार्वजनिक निकायले सम्बन्धित कार्यपालिकाको निर्णय बमोजिम सहमति लिनुपर्नेछ ।

मापदण्डको दफा ७ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम सवारी साधन खरिद गर्दासमेत स्थानीय तहले कार्यपालिकाको निर्णय बमोजिम सहमति लिनुपर्ने छ ।

हेर्नुस पत्र :

प्रतिकृयाहरु
Loading...