रजनीकान्त राजनीतिमा प्रबेश नगर्ने

एजेन्सी । बलिउड अभिनेता रजनीकान्तले अब आफू राजनीतिमा नआउने बताएका छन् । राजनीतिमा नआउने र यसबारेमा कुनै कार्यक्रमको नगर्न आग्रहसमेत गरेका छन् ।

उनले सोमबार एक स्टेटमेन्ट जारी गर्दै आफ्ना प्रशंसकलाई अपिल गरेका हुन् । आइतवार उनका समर्थकहरुले राजनीतिमा आउन अनुरोध गर्दै वेल्लुवर कोट्टममासमेत प्रदर्शन गरेका थिए ।

रजनीकान्तले तमिलनाडुको विधान सभामा चुनाव लड्ने गरी जनवरी २०२१ मा राजनीतिक पार्टी घोषणा गर्ने बताएका थिए । यसका लागि उनले सम्पूर्ण तयारीसमेत गरिसकेका थिए । तर, आफ्नो स्वास्थ्य अवस्था विग्रिएपछि आफ्नो फैसला बदलेका हुन् ।

रजनीकान्तले भनेका छन्–‘मैले आफ्नो निर्णय र त्यसको कारण भनिसकेको छु । मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्नु हुन् अपिल गर्दछु ।’

फिल्मको छायाँकनको क्रममा स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । यसपछि उनले २९ डिसेम्बरमा आफ्नो स्वास्थ्य अवस्थाका कारण राजनीतिमा प्रवेश नगर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया