सिनेमा हल खोल्न सरकारको अनुमती

काठमाडौं । नोबेल कोरेना भाइरसका कारण १० महिनादेखि सिनेमा हलमा लगाइएको ताल्चा खोल्न सरकारले हलवालाहरुलाई अनुमती दिएको छ ।

आइतवार हिजो बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको छ । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र लेखेको थियो ।

लामो समयसम्म पनि सिनेमा हल खोल्ने बिषयमा सरकारले कुनै नै चासो नदेखाएपछि पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुले देशभरका सिनेमा हलहरु खोलेका थिए । सिनेमा हलहरु पौष १० गतेबाट संचालनमा आएता पनि नयाँ चलचित्र भने रिलिज भएका छैनन् ।

अब सरकारले नै सिनेमा हल खुलाउने निर्णय गरेपछि हल व्यवसायीहरुलाई खुसी भएका छन् ।

प्रतिक्रिया