‘अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लूटतन्त्र’ [तस्वीरहरु]
२०७७ पुस २७ गते
![‘अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लूटतन्त्र’ [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/Bibeksheel_makalukhaba_banner.jpg)
|प्रतिनिधि सभा विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विवेकशीलकर्मीहरु। तस्वीरः विकास अर्याल, मकालु खबर|
काठमाडौं । संसद् विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । विवेकशीलले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
विभिन्न सांस्कृतिक पहिरनमा उपस्थित भएका विवेकशीलहरुले संसद् [प्रतिनिधि सभा] पुनर्स्थापनाको शान्तिपूर्ण माग गरेका छन् ।
उनीहरुले ‘अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ, मात्र सर्वोच्चको आश छ’लगायतका नारा लेखिएको प्लेकार्ड तथा पम्पलेटहरु बोकेका थिए ।
गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले राष्ट्रिय राजनीति सडक केन्द्रित छ ।
तस्वीरहरु हेरौँः–








|प्रतिनिधि सभा विघटनविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विवेकशीलकर्मीहरु। तस्वीरः विकास अर्याल, मकालु खबर|
२०७७ पुस २७ गते
प्रतिक्रिया








