सांस्कृतिक पोशाकसहित विवेकशील पार्टीकाे प्रदर्शन

काठमाडौं । संसद् विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघरमा प्रदर्शन गरेको छ ।

विभिन्न सांस्कृतिक पहिरनसहित उपस्थित नागरिकले संसद् विघटन असंबैधानिक भएकाले प्रतिनिधिसभा पुनर्स्थापना गर्न माग गरेका थिए ।

उनीहरुले “अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ, मात्र सर्वोच्चको आश छ” लगायत नारा लेखिएका ब्यानर तथा प्लेकार्ड बाेकेका थिए ।

प्रतिक्रिया