ओली नेतृत्वको नेकपाको केन्द्रीय समिति बन्यो १५ सय १ सदस्यीय

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय समिति थप विस्तार गरिएको छ । पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै १ हजार १ सय ९९ सदस्यीय बनाइएको केन्द्रीय समिति पुनः थप विस्तार गरी १५ सय १ पुर्याइएको हो ।

गत पुष ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गर्दै केन्द्रीय समितिको संख्या थप गर्ने बताएको थियो ।

‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अन्तरपार्टी निर्देशिका (अपानि)मार्फत् केन्द्रीय समिति सदस्य संख्या १५ सय १ पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया