इमरानको आरोप–‘भारतले आईएसआईएसलाई सहयोग गरिरहेको छ’

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमा अराजकता पैदा गर्न भारतले आतंकवादी संगठन आईएसआईएसलाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।

पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार प्रधानमन्त्री खानले इस्लामाबादमा पत्रकारसँग आफ्नो देशको सुरक्षा एजेन्सीले साम्प्रदायिकता फैलाउने भारतको योजनालाई असफल बनाएको बताए ।

उनले चरमपन्थी समूहले कम नागरिकको बसोबास रहेको क्षेत्रलाई निशाना बनाइरहेको पनि बताएका छन् । भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखि चिसिँदै आएको छ ।

प्रतिक्रिया