शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने उच्च साहस र इमान्दारी दर्शाएका छन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकताका लागि शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी दर्शाएका बताए । पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्,”

शाहले भनेका छन्, “हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नु परेको छ ।”

यस्तै उनले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताए । “नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ” उनले भने ।

शाहले जनचाहनाअनुसार अघि बढ्नु शाहवंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट नपिछेको पनि उल्लेख गरे ।

पूर्व राजा शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्, हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरि रहँदै आएको छ । हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले बेहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नु परेको छ ।”

यस्तो छ विज्ञप्ति :

 

प्रतिक्रिया