‘आफ्नै नाम मन पर्यो ’ मा राजेश र निता

काठमाडौं । गायिका लक्ष्मी आचार्य नयाँ गीत सार्वजनिक भएको छ । लक्ष्मी आचार्य र कुलेन्द्र बिश्वकर्माको स्वरमा सजिएको ‘आफ्नै नाम मनपर्‍यो’ बोलको गीत सार्वजनिक भएको हो ।

माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा लोकप्रिय सर्जक प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।

गीतको भिडियो पनि फिल्म शैलीमै तामझामका साथ तयार गरिएको छ । भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री नीता ढंगानाको साथमा गायिका लक्ष्मीको समेत अभिनय देख्न सकिन्छ ।

लोकप्रिय निर्देशक शिव विकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सौरभ लामाको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया