प्रतिनिधि सभा पुनर्स्थापना हुनै सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताएका छन् । आफूले संविधानको धारा ७६ को ७ मा टेकेर विघटन गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आइतबारबाटै अन्त्य हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको पुनर्स्थापना हुन सक्दैन ।  संविधानअनुसार भएको काम हो यो । मैले धारा ७६ को ७ मा टेकेर विघटन गरेको हुँ ।’

यस्तै ओलीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटन भइसकेको सभा पुनर्स्थापना हुन नसक्ने बताए । ६४ प्रतिशत आफूसँग भएको बताउँदै ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुको यथार्थ कारण हुनुपर्ने पनि बताएका छन् । ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म हुँ । यसकै हैसियतले मैले प्रतिनिधि सभा विघटन गरेका हुँ ।’

यस्तै ओलीले भारतले मिचेको नेपाली भूमि अब नेपालले छिट्टै भोगचलन गर्न पाउने बताएका छन् । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया