राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले दिएको जानकारीअनुसार बैठकले सो निर्णय गरेको हो । गुरुङले भनेका छन्, ‘आजै राति १२ बजेपछि राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित गर्ने सिफारिस राष्ट्रपति समक्ष पठाउने निर्णय गरिएको छ ।’

आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । संविधानतः राष्ट्रिय सभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया