‘नक्सामा मात्रै होइन, व्यवहारमै नेपाली भूमि हाम्रो हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको भूमि नक्सामा मात्रै नभएर व्यवहारिक रुपमै नेपालको हुने बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘अब हाम्रो भूमि नक्सामा मात्रै सीतित रहँदैन’, सम्बोधनको क्रममा ओलीले भने, ‘व्यवहारिक रुपमा नै अब हामीले हाम्रो कालापानी, लिम्पिुयाधुरालगायतका भूमि भोगचलन गर्न सक्छौँ ।’

सुगौली सन्धिपछि १ सय ४६ वर्षसम्म नेपालले ने भोगचलन गरेको तर, विगत ५८ वर्षदेखि नेपालले आफ्नो भनेर दाबी गर्न नसकेको बताउँदै ओलीले भने, ‘अब पुनः नेपालले नै ती भूभागहरु भोगचलन गर्नेछ ।’

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया