विज्ञापन संघकाे अध्यक्षमा धिताल निर्वाचित

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सोमप्रसाद धिताल निर्वाचित भएका छन् ।
संघको २१ औं वार्षिक साधारणसभाले धितालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । धिताल मिडिया हब प्रालिका सञ्चालक हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा नारायण श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा विजय पोख्रेल, महासचिवमा कृष्ण घिमिरे चुनिएका छन् । त्यस्तै, कोषाध्यक्षमा पंकजलाल प्रधान, सह–कोषाध्यक्षमा जीवन पोख्रेल र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

त्यसैगरी आनको सदस्यमा अरुण स्थापित, कृष्ण लामिछाने, विधान राजभण्डारी, साजन श्रेष्ठ र दिनेश पोख्रेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया