‘सिंह बनाइदिएँ, पछि मलाई नै झम्टियो’

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि नै प्रहार भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।

आइतबारबाटै अन्त्य हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका ओलीले आफूले बनाइदिएको सिंहले पछि आएर झम्टिएको बताएका छन् । ‘म आफैँले नै सिंह बनाइदिएँ’, प्रधानमन्त्रीले भनेका छन्, ‘सिंह बनाइदिएपछि म आफैँलाई पो झम्टियो ।’ खासगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति इङ्गित गर्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तै ओलीले भारतले मिचेको नेपाली भूमि अब नेपालले छिट्टै भोगचलन गर्न पाउने बताएका छन् । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया