१७ दिनमा ‘छक्का पन्जा ३’ लाई १ करोड भ्युज प्राप्त

काठमाडौं । बिगत १० महिनादेखि सिनेमा घरहरु बन्द हुँदा यो समयमा हलमा प्रदर्शन भइसकेका चलचित्रहरु युट्युबमा धमाधम रिलिज भइरहेका छन् । हलमा गएर सिनेमा हर्न नपाएका दर्शकहरु युट्युबमा नै चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् ।

पछिल्लो समय युट्युबमा चलचित्र हेर्ने दर्शकको संख्या भने ह्वात्तै बढेको पाइन्छ । हलमा दर्शकको साथ नपाएका चलचित्रहरुले समेत युट्युबमा दर्शकको साथ पाएका छन् भने, हलमा दर्शकको साथ, सपोर्ट र माया पाएका चलचित्रहरुले युट्युबमा स्वतः दर्शकको उल्लेख्य साथ त पाउने नै भए ।

युट्युबमा रिलिज भएको लामो समयसम्म शिर्ष स्थानमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ ले छोटो समयमै दर्शकको अत्याधिक माया पाएको छ ।

युट्युबमा रिलिज भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड भ्युज पाएको छ । युट्युबमा रिलिज भएपछि यो चलचित्रलाई दर्शकको सकरात्मक प्रतिक्रियाको वर्षात भएको थियो । उक्त चलचित्रलाई सबैभन्दा छोटो समयमा युट्युबमा १ करोड पटक हेरिएको छ ।

कलाकार दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा कलाकार दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, दिपिका प्रसाँईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रले हलमा पनि ब्ल्कबस्टर व्यापार गरेको थियो ।

नेपाली चलचित्रहरु मध्ये सर्वाधिक कमाई गर्ने चलचित्र हो छक्का पन्जा ३। दर्शकले यो चलचित्रलाई युट्युबमा पनि निकै नै प्रतिक्षा गरेका थिए । यो चलचित्रको दर्शकले निकै नै प्रसंसा गरेका छन् । चलचित्रले सकारात्मक प्रतिक्रियासँगै भ्यूजमा पनि नयाँ रेकर्ड कायम गरेको छ ।

फिल्म

प्रतिक्रिया