डिपि खनालको ‘काफल गेडी कुटुक्कै’ मा सुशान्त र एलिसा

काठमाडौं । नेपाल आइडल सिजन ३ कि टप ९ प्रतिस्पर्धी गायिका ममता गुरुङको नयाँ गीत ‘काफल गेडी कुटुक्कै’ सार्वजनिक भएको छ ।

उक्त गीतमा गायिका गुरुङ र गायक शमिर मोक्तानको स्वर रहेको छ भने, लोकप्रिय सर्जक डिपि खनालले कोरेको शब्दमा शंकर थापा( स्माइल) को संगीत रहेको छ । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।

उक्त गीतको अडियो –भिडियो निकै नै उत्कृष्ट बनेको छ । उक्त गीतको म्युजिक भिडियोमा मोडलद्धय सुशान्त खत्री र एलिसा राईको फिचर्ड रहेको छ ।

राजिव समरको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ भने म्युजिक भिडियोमा मोडल सुशान्त खत्रीको नै कोरियोग्राफि रहको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया