आज राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । आज (आइतबार) दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछिका राजनीतिक परिस्थितिबारे बैठकमा सम्बाेधन गर्नेछन् । साथै आजको बैठकमा उनले ‘थारू आयोगको वार्षिक प्रतिवेदन २०६६/७७’ पेश गर्ने कार्यक्रम रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गर्ने कार्यसूची रहेकाे छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजित भएकाे छ । नेपाल–दाहाल समूहले असंवैधानिक कदम चालेकाे भन्दै ओली समूहको विरोध गर्दै आइरहेका छन् ।

प्रतिपक्षी दलहरूले पनि संसद विघटनकाे विराेध गर्दै दिनहुँजसाे प्रदर्शन गरिरहेका छन् । दुवै समूहका शीर्ष नेताहरू भने कार्यकर्ता भेला तथा सम्बाेधनमा व्यस्त देखिन्छन् ।

प्रतिक्रिया