प्रचण्डसँगको संगतले भीम रावलले बैंक खाता लुट्न सिकेछन् : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रचण्डसँगको संगतले नेता भीम रावलले बैंक खाता लुट्न सिकेको टिप्पणी गरेको छन् । युवा संघ नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले भीमरावलको टिप्पणाी गर्दै सो कुरा बताएका हुन् ।
नेता बस्नेतले भीम रावलले केपी ओलीको सँगत गर्दा पीएचडी गरेको बताउँदै भने “केपी ओलीको संगत गर्दा पीएचडी गरेका थिए । प्रचण्डसँगको संगतले भीम रावलले बैंक खाता लुट्न सिकेछन् । ’
यस्तै उनले सभामा सूर्य चुनाव चिह्न लिने भए ओली समूहमा फर्किनसमेत आग्रह गरेका छन् । ओली समूह आधिकारिक नेकपा भएको दाबी गर्दै उनले नफर्किने भए स्वतन्त्र वाम बनेर चुनाव लड्न प्रचण्ड–माधव नेपाललाई सुझावसमेत दिए ।
मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजनको संघारमा पुगेसँगै ओली र प्रचण्ड–माधव समूहले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै चुनाव चिन्ह सूर्य आफ्नो भएको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया