टाेखामा एक दम्पत्ति मृत फेला, श्रीमानकाे हत्यापछि श्रीमतीले आत्महत्या गरेको आशंका

काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक इन्जिनियर दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । शुक्रबार करिब पाैने ९ बजे ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उमेशकाे शव कोठाभित्र पल्टिरहेको रहेकाे अवस्थामा बरामद भएकाे थियाे भने सुदिक्षाकाे शव झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे । प्रहरीले घटनास्थलबाट रगत लतपतिएकाे सिलाैटा समेत बरामद गरेकाे छ । सुदिक्षाले सिलाैटाले हिर्काएर उमेशकाे हत्या गरी आफूले आत्महत्या गरेकाे हुन सक्ने प्रहरीकाे आशंका छ ।

अहिले दुवैकाे शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पाेष्टमार्टम रिपाेर्टपछि थप विवरण प्राप्त हुने र घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया