भारतको एक अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु

नयाँ दिल्ली । भारतकाे एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० नवजात शिशुकाे मृत्यु भएकाे छ ।

भारतको महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा शनिबार बिहान करिब दुई बजेतिर आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो । सात जना शिशुकाे भने सुरक्षित रुपमा उद्दार गरिएको छ ।

तीन/चार बच्चाको मृत्यु जलेर भएको छ भने बाँकीकाे अक्सिजन नपाएर मृत्यु भएकाे अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाराले जनाएका छन् । भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ।

प्रतिक्रिया