नयाँ चलचित्रलाई सेन्सर अनुमति नदिन बोर्डलाई सञ्चार मन्त्रालयको निर्देशन

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले सबै भन्दा अगाडि चलचित्र हलहरु सञ्चालनमा आउन प्रतिवन्ध लगाएको थियो । करीब १० महिनासम्म चलचित्र हलहरु बन्द भए । भिडिभाड हुने अन्य क्षेत्र खुकुलो हुँदा पनि चलचित्र हलमाथि लागेको प्रतिबन्ध नहटाएपछि हल व्यवसायीहरुले पुष १० गतेबाट एकतर्फी रुपमा हलहरु खोलेका छन् ।

अहिले लकडाउन हुनु भन्दा अगाडि प्रदर्शन भएका सेन्टि भाइरस, आमा चलचित्रहरु हलमा चलाईरहेका छन् । सीसीएमसीले सरकारलाई हल सञ्चालनको अनुमति दिन पत्र पठाए पनि मन्त्रीपरिषद्ले यस विषयमा कुनै निर्णय गरेको छैन ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई सेन्सर अनुमति नदिन र हललाई बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको छ । आजबाट हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ रिलिज भएको छ । पुष १० गतेबाट ‘आमा र सेन्टी भाइरस’ पुन प्रदर्शन भएका छन् । हलहरु सञ्चालनमा आएको तीन हप्ता भइसक्दा पनि हलमा भने दर्शकहरुको उपस्थिति पट्यारलाग्दो देखिएकाे छ ।

अब माघ १ गतेबाट नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । नयाँ चलचित्रबाट हलमा दर्शकहरु आउने कुरामा हल सञ्चालकहरु आशावादी रहेका छन् ।

प्रतिक्रिया