मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

टोकियोमा महिना दिन लामो आपत्काल घोषणा

एजेन्सी । जापानको राजधानी टोकियोमा आपत्काल घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमण थप फैलँदै गएपछि जापान सरकारले आजदेखि लागू हुनेगरी आपत्काल घोषणा गरेको हो ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण थप नफैलियोस् भनेर एक महिनाका लागि आपत्काल घोषणा गरिएको बताएका हुन् ।

आजदेखि एक महिनासम्म रेष्टुँरा र बारमा साँझ ७ बजेपछि जाँड–रक्सी बिक्री–वितरण गर्न पाइने छैन । यस्ता पसल–व्यवसाय रातिको समयमा खोल्न रोक लगाइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि सरकारले अनुरोध गरेको छ । बेलायत, अमेरिका लगायत देशमा पछिल्लो पटक भेटिएको कोरोना भाइरस निक्कै खतरनाक रहेको बताइएको छ ।

प्रतिकृयाहरु
Loading...