महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै, विशेष छुट र आकर्षक उपहार

काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले यहि पौष २६ देखि माघ २ सम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्य भरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमा महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ ।

प्रत्येक वर्ष ग्राहकलाई थप सेवा प्रदान गर्न देशव्यापीरुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड–१९ का सतर्कता अपनाएर सुःसम्पन्न गरिने छ ।

साथै, यस केयर फेस्टमां ग्राहकको उल्लासपूर्ण सहभागिता रहने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया