भीम रावललाई कारबाही गर्न ओली समूहको सिफारिस

काठमाडौं । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले भीम रावललाई कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

प्रदेश इन्चार्ज लेखराज भट्टले दिएको जानकारीअनुसार रावललाई आर्थिक हिनामिनामा कारबाहीको लागि सिफारिस गरेको हो ।

उनले भनेका छन्, ‘उहाँ (रावल) लाई हामीले कारबाही गर्न मिल्दैन, त्यसैकारण पार्टी केन्द्रलाई सिफारिस गरिएको हो’ भट्टले भने ।

नेकपा विभाजन नहुँदासम्म रावल नेकपाकाे प्रदेश इन्चार्ज थिए ।

विभाजन पश्चात् ओली समूहले लेखराज भट्टलाई इन्चार्ज बनाएको थियो । नेपाल दाहाल समूहले भने आधिकारिक नेकपा आफूहरु भएको बताउँदै आएकाे छ।

प्रतिक्रिया