एक लाख ५० हजार घुससहित सवइन्जिनियर पक्राउ

काठमाडौं । तनहुँबाट एक लाख ५० हजार घुससहित सवइन्जिनियर पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ तनहुँमा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई(शिक्षा) मा कार्यरत सवइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएबापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

सवइन्जिनियर अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया