सिटिजन्स र तिनाउ मिसन बैंक गाभिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंक आपसमा भएका छन् । क बर्गको बाणिज्य बैक सिटिजन्स र बुटवलमा प्रधान कार्यालय रहेको ख बर्गको विकास बैँ तिनाउ मिसन डेभलपमेन्ट बैंकबिच आपसमा गाभिनेसम्बन्धि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुई बैँकबिच आपसमा गाभिने सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुने छ ।

सिटिजन्स बैंकको मुख्य कार्यालयमा भएको कार्यक्रममा सिटिजन्स बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ भने शाखा १६३ वटा हुनेछन् ।

प्रतिक्रिया