सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहोराद्वारा राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

मन्त्री बोहोराले बुधबार पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका हुन् । नेकपा विभाजन हुँदा केपी शर्मा ओलीतिर लागेका बोहोराले आज राजीनामा दिएका हुन् ।

बोहोरा ओली समूहले बनाएको १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय समितिमा समेत परेका छन् । यसअघि ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

प्रतिक्रिया