अभियान लघुवित्तको अध्यक्षमा थापा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । संस्थाको पहिलो साधारणसभाले थापाको अध्यक्षमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

काभ्रेको पनौतीमा भएको साधारण सभाले संस्थाको सञ्चालकमा भोजराज भट्टराई, भारती पाठक र प्रविण झालाई चयन गरेको छ ।

जारी पूँजी २५ करोड रुपैयाँ रहेको यो संस्थाको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैया छ । ग्रामीण क्षेत्र र विपन्न वर्गमा दीगो र भरपर्दो वित्तीय सेवा पुर्याइ गरीबी कम गर्न भूमिका निर्वाह गर्ने लक्षका साथ स्थापना भएको संस्थाले ६ वटा प्रदेशका १९ जिल्लामा सेवा शुरु गरेको अध्यक्ष थापाले मकालु खबरलाई जानकारी दिए । संस्थाका ३५ वटा शाखा छन् ।

नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने छ ।

प्रतिक्रिया