कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’

काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार (हिजो) राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त सार्वजनिक गरिएको हो ।

उक्त गीतमा सुष्मा रुपहाङ्ग राईको शब्द बसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा नव–नायिका कविता मानन्धर र नव–नायक शक्ति श्रेष्ठ फिचर्ड छन् ।

नायिका कविता, सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् भने शक्ति, अभिनेता शिव श्रेष्ठका छोरा हुन् । उनीहरु दुुबैले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेका हुन् । चललचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

आउदो माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिपेश साप्कोटाले निर्देशन गरेका हुन् भने यशोदा राई र दिनेश दर्शनधारीले लगानी गरेका हुन् । यसमा सह–निर्माताकाे रुपमा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको यस चलचित्रलाई विके फिल्मस् र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया