मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्दै आयोग

 

काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेसँगै आफ्नो तयारी सुरु गर्ने भएको हो ।

आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

पुस २३ देखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुने आयोगले जनाएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति रहेको छ ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण माघ १७ गतेभित्र सक्ने आयोगको कार्यतालिका छ ।

संसद विघटनविरुद्ध परेको रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने छ ।

प्रतिक्रिया