नेपाली तिन फिल्म युट्युबको टेड्रिङमा !

काठमाडौं । बिगत दश महिनादेखि ठप्प रहेको नेपाली चलचित्र क्षेत्र बिस्तारै चलाएमान हुन थालेको छ । यहि पुष दश गतेदेखि हल सञ्चालकहरुले एकतर्फि रुपमा हल खेलेका छन् ।

यो लामो समयसम्म हलमा गएर मनोरञ्जन लिन नपाएका दर्शकहरु भने उकुसमुकुस नै भएको छन् । यो लकडाउनको समयमा हलमा रिलिज भैसकेका नेपाली चलचित्रहरु धमाधम युट्युबमा रिलिज भएका छन् । पछिल्लो समय युट्युबमा नेपाली चलचित्र हेर्ने ट्रेन्ड बढ्दो रुपमा रहेको देखिन्छ ।

हलमा नचलेका चलचित्रहरु समेत युट्युबको ट्रेन्डिङमा उक्लिने गरेका छन् । त्यस्तै बलकबस्टर चलचित्रहरु त स्वतः युट्युबको शिर्ष स्थानमा पर्ने भए नै ।

सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ केही समयदेखि युट्युबको शिर्ष स्थानमा रहेको छ । दिपाश्री निरौलाद्धारा निर्देशित चलचित्रलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रियाका दिइरहेका छन् । सर्वाधिक कमाइ गर्न सफल चलचित्र ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार प्रसाद घिमिरे, अनुरागमान सिंह कुँवरलगायत कलाकारहरुको अभिनय रहेकाे छ ।

यस्तै बिराज भट्टको चलचित्र ‘साङ्लो’ पनि युट्युबको ट्रेन्डिङ नम्बर ६ रहेको छ । अभिनेता विराज भट्ट र मिस नेपाल २०१७ कि निकिता चाण्डक अभिनित चलचित्र एक्सन र लभ स्टोरी जनरामा बनेको चलचित्र हो । उक्त चलचित्रलाई अभिनेता विराज भट्ट आफैंले निर्देशन गरेका हुन् ।

चलचित्र ‘छक्का पञ्जा ३’ र ‘साङ्लो’ सँगै निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘बीर बीक्रम २’ पनि युट्युबको ट्रेन्डिङ १५ औ स्थानमा रहेको छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्धि तामाङ अभिनित चलचित्र दुई हप्ता पहिला ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लकडाउनको समयमा  ए मेरो हजुर ३,जात्रै जात्रालगायतका दर्जनौं नेपाली चलचित्रहरु युट्युब मार्फत सार्वजनिक भइरहेका छन् । जुन चलचित्रहरु दर्शकले मन पराइरहेका छन् ।

प्रतिक्रिया