६५ करोड बढी राजस्व छलीको आरोपमा १३ फर्म विरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली बिजक प्रयोग गरी ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपैयाँ राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

विभागले सर्लाहीको धनकौल गाउँपालिका–६ बस्ने मुख्य कारोबारी प्रदीप साहसहित १० जना विरुद्ध उच्च अदालत पाटनमा आज सोमबार मुद्दा दर्ता गरेको हो ।

साहले आर.के.एम प्रालिलगायत कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा १३ वटा फर्म दर्ता गरी सबै फर्महरुको बैंक खाता सञ्चालन आफैले गर्ने गरी फर्महरुको नाममा नक्कली बिल विजिक जारी गर्ने गरेको खुलेको छ ।

विभिन्न फर्महरुको नाममा झुट्ठा तथा नक्कली बिल बिजक जारी गरी आव २०७३/७४ देखि २०७५/७६ सम्म मूल्य अभिवृद्धि करतर्फ २२ करोड ४९ लाख, आयकर तर्फ ३७ करोड ५८ लाख र लाभांश करतर्फ ५ करोड २० लाख रुपैयाँ राजस्व चुहावट भएको विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिक्रिया