महामारी पुर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम

विराटनगर । विराटनगरमा महामारी पूर्व तयारी तथा प्रतिक्रियासम्बन्त्री अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त झेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पूर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम संचालन भएको हो ।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धिका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनीकरण र नेपाल जस्तो अति कम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पूर्वाधार भएको मुलुकमा सो अवस्थाको पुर्व तयारीका निम्ति जनस्वास्थ्य एवं मानवीय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धी गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा. समिर अधिकारीले विपद पूर्वतयारी एवं व्यवस्थापनमाथि प्रस्ट्याएका थिए । यस्तै, नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुबेदी तथा प्रदेश – १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाज प्रति सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन् ।

एसियाली विपद् पुर्वतयारी केन्द्र का देशीय प्रतिनिधि मानबहादुर थापाले विपदको सामना गर्नुपुर्व सबैले विपदको पूर्वतयारीमा सबैको ध्यान केन्द्रित रहनुपर्नेमा विशेष जोड दिए । त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले आपतकालका बेला व्यवस्थित रुपमा कार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने बताइन् ।

प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को वीरगञ्ज बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगंज र सुदुरपश्चिम प्रदेशको कंचनपुरमा पनि संचालन गरिने छ ।

प्रतिक्रिया