संरक्षित वन्यजन्तु चरिबाघको छालासहित पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु चरिबाघकाे छालासहित एक जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका-७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको २ थान छाला (ओखेटोपहार) सहित ताप्लेजुङ फुङ्लिन नगरपालिका-८ बस्ने ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरीले कमललाई उक्त चरिबाघको छाला अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको अवस्थामा फेला पारी पक्राउ जानकारी दिइएकाे छ ।

कमललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया