चलचित्र ‘रेड वाइन’को नाम परिवर्तन गरि ‘तिम्रो मेरो साथ’ राखियो

काठमाडौं । रमेश एमके पौडेलले निर्देशन गर्ने चलचित्र ‘रेड वाइन’ को नाम परिवर्तन गरिएको छ । उक्त चलचित्रको नाम परिवर्तन गरि ‘तिम्रो मेरो साथ’ राखिएको छ ।

नायक पुुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेने चलचित्रमा सन्दिप क्षेत्री, खबपु, इमिली लामा, ध्रुव दत्त लगायतको पनि मुख्य भूमिका रहनेछ ।

नेपाल र अमेरिकामा छायाँकन हुने तयारीमा रहेको चलचित्र प्रेमकथामा आधारित रहेको छ । निर्देशक पौडेलकै कथा, गीत र लगानी समेत रहने चलचित्रमा पासाङ लामाको लगानी रहने छ ।

उक्त चलचित्रमा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली सह–निर्माताको रुपमा रहेका छन् भने, चलचित्रमा सविर श्रेष्ठको पटकथा एवम् संवाद रहेको छ ।

प्रतिक्रिया