आकाश र याङस अभिनित मुना मदन–२ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन–२ को म्युजिक भिडियो बिमोचन भएको छ । आज काठमाडौंको बानेश्‍वर स्थित होटेल हङ्गर हबमा एक समारोह बीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द तथा संगित गायक स्वयमको रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । उक्त गीतको भिडियोमा नायक आकाश श्रेष्‍ठ र नब नायिका याङसु श्रेष्‍ठको शसक्त अभिनय रहेको छ ।

नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ । मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया