ओली समूहकाे कार्यकर्ता भेला सुरू, काे-काे हुँदैछन् उपस्थित ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरको आज (आइतबार) काे भेला सुरू भएकाे छ ।

बानेश्वरकाे कार्की बैंक्वेटमा सुरू भएकाे कार्यकर्ता भेलामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कानूनमन्त्री भानुभक्त ढकाल लगायतका नेताहरु सहभागी छन् । कार्यक्रमलाई सम्बोधन गर्न केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजन भएको छ । दुवै समूहले दिनहुँजसाे कार्यकर्ता भेला राखेर एक-अर्काकाे विराेध तथा आलाेचना गर्दै आएका छन् ।

 

प्रतिक्रिया