राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेमाथि कारबाही माग गर्दै अनेमसंघको ज्ञापनपत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशाेभनीय नाराबाजी गर्नेविरुद्ध कारबाहीकाे माग गर्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएकाे छ ।
ज्ञापन पत्र बुझाउँदै अनेमसंघले विभिन्न भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेको हो । गालीगलाैज नराेकिए कानूनी उपचारमा जाने अनेमसंघकी नेतृ शर्मिला कार्कीले चेतावनी दिइन् । गृहमन्त्री थापाले छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल–अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूह एक-अर्काकाे विराेध, आलोचना गरिरहेका छन् । यसक्रममा राष्ट्रपति भण्डारीालाई पनि जोडेश अशोभनीय नाराबाजी गरिएकोप्रति चौतर्फी आलोचना गरिएको छ ।