कटक बुढाको निर्देशन र अभिनय रहेको ‘परदेशी हुनलाई’ बजारमा (भिडियोसहित)

काठमाडौं । चर्चित गायिका सन्ध्या बुढा (काउली बुढी) को नयाँ गीत सार्वजनिक भएको छ । सन्ध्याको स्वरमा रहेको ‘परदेशी हुनलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत बुढा म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा शिर्जु शाहीको शब्द बादल थापाको संगीत रहेको छ । सो गीतको म्युजिक भिडियोमा मोडलद्धय कटक बुढा, मुना गीरीलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई कतारका विभिन्न ठाउँमा छायाँकन गरिएको हो ।

मोडल कटकको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा किरण गुरुङको कोरियोग्राफी र सुनिल सुन्दासको छायाँकन र सम्पादन रहेको छ ।

कटकले ‘आइज चरि’ बोलको गीतबाट मोडलीङ यात्राको थालनी गरेका थिए । उनले हालसम्म २६ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । छोटो समयमा दर्शकले उनको कामलाई धेरै नै मन पराइदिएका छन् । यो गीतलाई पनि दर्शकले मन पराईदिने कुरामा कटक आशावादी छन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया