ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन् : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका छन् ।

नेता पौडेलले भनेका छन्, ‘प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।’

प्रतिक्रिया