अर्जुन सापकोटा र मेनुका परियारको ‘मुटु रेटिन्छ’ सार्वजनिक

काठमाडौं । अर्जुन सापकोटा र मेनुका परियारको नयाँ गीत  ‘मुटु रेटिन्छ’ सार्वजनिक भएको छ ।

माया–पिरती र मिलन–विछोडको भावलाई चित्रण गरिएको गीतमा संगीत संयोजन अर्जुन सापकोटाको र शब्द दिपेन्द्र खत्रीको छ । अर्जुन, दिपा र करिश्मा अधिकारीको परिकल्पनामा तयार भएको म्युजिक भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले छायांकन गरेका छन् ।

मिलन विश्वकर्माले सम्पादन गरेको म्युजिक भिडियोमा रोशनी कार्की र अर्जुन सापकोटासँगै बाल कलाकार आयुशी ढकाल र उत्सर्ग भट्टराईको अभिनय रहेको छ ।

म्युजिक भिडियो स्पन्दन मिडियाको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया