कमलादीमा ओली समूहको कार्यकर्ता भेला, क-कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले संघीय राजधानी काठमाडौंमा कार्यकर्ता भेला गर्दैछ ।

कार्यकर्ता भेला दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ ।

संसद् विघटनको निर्णयपछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् । उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया