राम किशाेरसहित २८ जनाविरुद्ध एक अर्ब बढीकाे राजस्व छलि मुद्दा
२०७७ पुस १७ गते

काठमाडौं । राजस्व छलि गर्ने सर्लाहीका राम किशोर प्रसादसहित २८ जना विरुद्ध मुद्दा दायर भएको छ ।
एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ विगो मागदाबी तथा कैद सजाय सहित राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
सर्लाही घर भइ काठमाडाैंकाे सितापाइलास्थित पद्म कोलनीमा बस्दै आएका राम किशाेरले मोहन ट्रेड इन्टरनेशनल (स्था.ले.नं.६०३८४१७६५) लगायत विभिन्न २६ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैक खाता सञ्चालन भने उनैले गरी राजस्व छलि गरेकाे विभागकाे दाबी छ ।
उनले विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आ.व. २०७१/७२ देखि २०७४/७५ सम्ममा राजस्व चुहावट गरेको विभागले जनाएकाे छ ।
२०७७ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








