ऋचा चलचित्र ‘कौसिद’ निर्माण गर्दै

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर नायिका ऋचा शर्माले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन् । शुक्रवार (आज) सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एउटा पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नामक चलचित्र निर्माण गर्ने जानकारी दिएकी हुन् ।

उक्त चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्ने भएका छन् भने, केदार भुषालले निर्माण गर्नेछन् । नायिका ऋचा प्रस्तुतकर्ता रहेको उक्त चलचित्रमा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह–निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहनेछन् । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि चलचित्रमा अभिनय रहनेछ । नायिका ऋचाले नयाँ जोश र उत्साहका साथ ‘कौसीद’ बनाउन लागेको बताएकी छिन् ।

प्रतिक्रिया