माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुने

काठमाडौं । बिगत ११ महिनादेखि ठप्प रहेको नेपाली चलचित्र क्षेत्र यहि पुुष १० गतेबाट हलहरु सञ्चालनमा आएका छन् । मंसिर अन्तीमदेखि सरकारले चलचित्र छायाँकन खुल्ला गरेता पनि हलहरु खोल्ने सन्दर्भमा भने कुनै चासो नदेखाएपछि व्यवसायीहरुले हल सञ्चालनमा ल्याएका हुन् ।

हलहरु सञ्चालनमा आए पनि निर्माताहरु नयाँ चलचित्र प्रदर्शन गर्न तयार छैनन् । त्यसैले पनि सञ्चालकहरुले प्रदर्शन भइसकेका चलचित्रहरु चलाउन बाध्य भएका छन् ।

अब भने माघबाट नयाँ चलचित्र दर्शकले हेर्न पाउने भएका छन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते रिलिज हुने भएको छ ।

बिहीवार (हिजो) निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । उक्त पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की फिचर छन् । उक्त पोस्टरमा यी दुुइ एकअर्काको अंगालोमा बाँधिएका छन् । चलचित्रमा शिव र प्रियंका जोडीको रुपमा रहेको पोस्टरले प्रस्ट्याउँछ ।

उक्त चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय हेर्न सकिने भएको छ । यही चलचित्रबाट अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले नेपाली रजतपटमा डेब्यू गर्दैछन् ।

यस चलचित्रका निर्देशक दिपेश सापकोटा हुन् । फिस्टेल मुभिजको ब्यानरमा निर्मित चलचित्रलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् भने, खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा मगर, तारा तुलाधर सह–निर्मातामा रहेका छन् ।

प्रतिक्रिया